भाद्र ३, काठमाडौं ।
कोरोना महामारीका कारणनेपाल फर्कन आतुर रहेका ४ लाख भन्दा बढी नेपाली श्रम गन्तव्य मुलुकमै बिचल्ली परेका छन् । सरकारले फर्काउन चासो नदेखाउदा विभिन्न ७ देशका ४ लाख ७ हजार नेपाली गन्तव्य मुलुकमा नै विचल्ली परेका हुन् ।
वैदेशिक रोजगार बोर्डका अनुसार कुवेत, बहराइन, कतार ,युएइ, मलेसिया ,ओमनर साउदी अरब गरी ७ देशबाट मात्रै ४ लाख ७ हजार कामदार स्वदेश फर्किन आतुर रहेका छन् । जसमध्ये २ लाख ८० हजार कामदार रोजगारी गुमाएका छन् भने १ लाख २७ हजारभिसाको म्याद सकिएका र आममाफी पाएका रहेका छन् ।
नियमित उडान हुँदा दैनिक १ हजार ५ सयभन्दा बढी फर्किंदै आएका थिए । तर सरकारले पछिल्लो समय दैनिक ५ सय जना मात्रै फर्काउने रणनीति लिएको छ । जसअनुसार २ सय जना कूटनीतिक नियोगतर्फका रहेकाले दैनिक ३ सय जना मात्रै कामदार फर्किन पाउँछन् ।चार्टर्ड उडान संख्या बढाउँदै लैजानुपर्नेमा घटाएर सरकार उल्टो बाटोमा हिँडेको रसरकारको यस्तो रणनीतिले कामदार बिचल्लीमा पर्ने आप्रवासी श्रमिकसम्बन्धी अनुसन्धानकर्ता रामेश्वर नेपालले बताए ।
परराष्ट्र मन्त्रालयले हालै ५ लाख ८७ हजार नेपाली कोरोनाबाट प्रभावित भई फर्काउनुपर्ने अवस्थामा रहेको जानकारी दिएको थियो । त्यस्तै वैदेशिक रोजगार व्यवसायी संघले कोभिडका कारण ५–६ लाखसम्म कामदार फर्किन सक्ने अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो ।
सरकारले जेठ अन्तिम सातादेखिचार्टर्ड उडानमार्फत रोजगारी गुमाएका तथा विदेशमा अलपत्र परेका नेपालीको उद्धार कार्य सुरु गरेको हो । जसअनुसार साउन ३१ गतेसम्म चार चरणमा ५५ हजार १ सय ४४ जना नेपाली स्वदेश फर्किएका छन् ।
यी मध्ये ७५ प्रतिशत वैदेशिक रोजगार गुमाएका र २५ प्रतिशतवैदेशिक रोजगारबाहेक अन्य प्रयोजनमा गएका रहेको रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
कुन देशबाट कति नेपाली तत्काल स्वदेश फर्कन चाहान्छन ?
कुवेत
कारोना भाईरसका कारण कुवेतबाट तत्काल २४ हजार जना नेपाली स्वदेश फर्किन आतुर छन् । जसमध्ये कोभिडका कारण रोजगारी गुमाएका १५ हजार र म्याद सकिएका र आममाफी पाएका ९ हजार कामदार रहेका छन् । कुवेतमा कार्यरत रहेका ५० हजार नेपालीमध्येसरकारले सूरु गरेको चार्टर्ड उडानमार्फत हाल सम्म ६ हजार ३ सय २० जना नेपाली स्वदेश फर्किएका छन् ।
कतार
कोभिड– १९ का कारण कतारमा रोजगारी गुमाएका १ लाख ४५ हजार जना नेपाली तत्काल स्वदेश फर्कन आतुर रहेका छन् । कतारमा ३ लाख ७२ हजार ८ सय ७२ नेपाली कार्यरत छन् । जसमध्ये सरकारले ५ हजार ६ सय ६८ जनालाई मात्रै स्वदेश फर्काएको छ ।
यूएई
संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका २ लाख ७५ हजार कामदार मध्ये ६७ हजार नेपाली तत्काल स्वदेश फर्कन चाहान्छन् । सरकाले चार्टर्ड उडान मार्फत त्यहाँबाट १४ हजार ३ सय १४ जना नेपाली स्वदेश फर्काएको छ ।
साउदी अरब
साउदी अरबबाट भिसाको म्याद सकिएको र आममाफी पाएका १ लाख २० हजार नेपाली तत्काल स्वदेश फर्किन चाहन्छन् । साउदीमा रहेका ३ लाख ५ हजार जना कामदारहरु मध्ये सरकारले ७ हजार ८ सय १७ जनालाई स्वदेश फिर्ती गरेको छ ।
मलेसिया
मलेसियामा ३ लाख २५ हजार कामदार कार्यरत छन् । यहाँ भिसाको म्याद सकिएका, रोजगारी गुमाएका र आममाफी पाएका गरि ३७३० हजार नेपाली तत्काल स्वदेश फर्किन चाहन्छन् । हाल सम्म सरकारले७ हजार ६ सय ४२ जनालाई स्वदेश फर्काएको छ ।
ओमान
ओमानमा ७ हजार नेपाली कामदार कार्यरत छन् । यीमध्ये ३ हजार ५ सय जना तत्काल फर्कन चाहन्छन् । अहिले सम्म ओमन बाट उडान चार्टर्ड मार्फत ६ सय ६७ जना नेपाली स्वदेश फर्किएका छन् ।
बहराइन
बहराइनमा रहेका ३५ हजार नेपाली कामदार मध्ये रोजगारी गुमाएका र म्याद सकिएका १० हजार ५ सय जना नेपाली तत्काल स्वदेश फर्कन चाहन्छन् । बहराइनमा कोभिडका कारण ७ हजार जनाले रोजगारी गुमाएका छन्। । त्यहाँबाट सरकारले ९ सय ८० जनालाई मात्रै स्वदेश फर्काएको छ ।
इजरायल
इजरायलमा ३ हजार नेपाली कार्यरत छन् । जसमध्ये कोभिडका कारण समस्यामा २० जना तत्काल नेपल फर्कन आतुर रहेका छन् । अहिले सम्म इजरायलबाट उडान चार्टर्ड मार्फत ३९ जना नेपाली स्वदेश फर्किसकेका छन् । इजराएलमा कोरोनाका कारण नेपालमै रोकिएका २ जनाबाहेक अन्य कामदारले प्रत्यक्ष रूपमा रोजगारी नगुमाएको दूतावासले जनाएको छ ।


