नेपालमा पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा देशभर ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
पछिल्लो २४ घण्टामा २८१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट १८ हजार ६ सय ३१ जना निको भइसकेका छन् ।
हाल नेपालमा सक्रिय संक्रमित १३ हजार १५५ जना छन् भने आइसोलेसनमा ९ हजार २ सय १२ जना रहेको मन्त्रालयले जनाएको छ । २२० महिला ५९८ पुरुष गरी ८१८ जान संक्रमित भेटिएको प्रवक्ता गौतमले जनाकारी दिए। योसहित नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ।


