सानिमा बैंकले बडादसैँको उपलक्ष्यमा नयाँ योजना ल्याउने भएको छ ।बैँकले बडादसैँको उपलक्ष्यमा ‘योपालिको दसैँमा, क्रेडिट कार्डको बहार सानिमा बैंकमा’ नारासहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने भएको हो ।
यसैगरी पहिलो ५० जना ग्राहकले अनलाइन सपिङ पोर्टल ‘दराज’ मा रु ३ हजार बराबरको सामान खरिद गर्दा रु ५०० को निःशुल्क भौचरसमेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट होटेल, रेस्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था समेत रहने बताएको छ ।
यो योजना असोज मसान्तसम्म लागू हुने बैंकले जनाएको छ।
सानिमा बैंकको सातै प्रदेशमा हाल ८२ वटा शाखा, १५ विस्तारित काउन्टरर ८१ वटा एटिएम सञ्चालनमा रहेका छन्।


