Banijya News

बैंक अफ काठमाण्डूले गर्‍यो लगानीकर्तालाई १६ % लाभांश दिने घोषणा

1
1.1K Shares

 बैंक अफ काठमाण्डूले सेयर लगानीकर्ताको लागि १६ % लाभाशं घोषणा गरेको छ । बैंकको बुधबार बसेको संचालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट कुल १६ प्रतिशत लाभांस दिने निर्णय गरेको हो ।

बैंकले घोषणा गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

हाल यस बैंकको चुक्ता पुँजी आठ अर्ब ५४ करोड ६८ लाख रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर पारित भइ सेयरधनीमा वितरणपछि बैंकको चुक्ता पुँजी नौ अर्ब ६५ करोड ८१ लाख रुपैयाँ पुग्ने  जनाइएको छ । 

लाभांश घोषणा गर्ने वाणिज्य बैंकमा यो बैंक दोस्रो बनेको छ ।

1

Scroll to Top