१५ असोज, काठमाण्डौ ।
कोरोना महामारीकै बीच प्रभु हेलिकोप्टरले नयाँ एयरक्राफ्ट थपेको छ । व्यावसायिक घराना प्रभु ग्रुपको लगानी रहेको प्रभु हेलिकप्टरले कलसाइन ‘नाइन एन ए एन एल’ एयरबस एच १२५ हेलिकोप्टर थपेको हो ।
उक्त नयाँ हेलिकोप्टरको परीक्षण उडान भइस्केको र यो हेलिकोप्टर छिट्टै व्यवसायिक प्रयोजनमा आउने बताइएको छ।
कम्पनीसँग यसअघि नै ५ वटा हेलिकोप्टर रहेकोमा अब नयाँ हेलिकोप्टर थपेसँगै ६ वटा पुगेका छन् ।


