Banijya News

प्राधिकरणको पुनर्संरचना तत्काल गर्न परिसंघ अध्यक्ष पाण्डेको जोड

1
1.0K Shares

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ साधारणसभा तथा ८औँ अधिवेशनमा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको आन्तरिक विद्युत् खपत बढाउन उत्पादनमूलक उद्योगहरूको स्थापना र विकास अपरिहार्य रहेको बताएका छन । सरकारले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने राष्ट्रिय लक्ष्य राखेको सन्दर्भ जोड्दै उनले उत्पादित बिजुली देशभित्रै उपयोग गर्ने वातावरण बनाउन औद्योगिक क्षेत्रको विस्तार आवश्यक भएकोमा जोड दिए ।

यसैगरी, अध्यक्ष पाण्डेले सरकारले विद्युत् व्यापार र प्रसारण लाइन निर्माणको क्षेत्रमा निजी क्षेत्रलाई सहभागी गराउने नीति लिनु स्वागतयोग्य कदम भएको उल्लेख गरे । चालु आर्थिक वर्षको बजेट वक्तव्यमा घोषणा गरिएको नेपाल विद्युत् प्राधिकरणको पुनर्संरचना सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न अब कति पनि ढिलाइ गर्न नहुने उहाँको सुझाव छ।

1

Scroll to Top