आफ्नो जिवनकालको तीन दशक नेपाली चलचित्र क्षेत्रमा बिताएका कलाकार तथा निर्माता स्वर्गीय केशव भट्टराईको परिवारले सहयोग स्वरुप रु ३३ लाख ३७ हजार पाएके छ । अमेरिका, अस्ट्रेलिया, बेल्जियम, दुबईलगायतका देशहरुमा बस्ने नेपाली चलचित्रकर्मीले चलचित्र विकास बोर्डलाई पठाएको कूल ३३ लाख ३७ हजार स्वर्गीय भट्टराईको परिवारलाई बोर्डले हस्तान्तरण गरेको हो ।
चलचित्र ‘कोशेली’ बाट अभिनेताको रुपमा डेब्यू गरेका केशबले आफ्नो अभिनय करिअरमा २ सयभन्दा बढी चलचित्रमा काम गरेका थिए ।
अनामनगरमै फ्ल्याट भाडामा लिएर बस्दै आएका केशबले बैंकसँग लोन लिई सिनामंगलमा एउटा अपार्टमेन्ट किनेका भएतापनि सो अपार्टमेन्टमा सर्न नपाउँदै उनको निधन भएको थियो ।
उक्त अपार्टमेन्टको लोन तिर्ने उद्देश्यले चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईको अध्यक्षतामा गठन भएको ‘केशव भट्टराई परिवार सहयोग समिति’ ले स्वर्गीय भट्टराईकी श्रीमती नीता भट्टराईलाई संकलित रकम हस्तान्तरण गरेको छ ।
उक्त कार्यक्रममा राजकुमार राई, दयाराम दाहाल र नीर शाहलगायतका कलाकार उपस्थीत भएका थिए ।


