Banijya News

मेगा बैंकले शुरु गर्यो ‘मेगा किसान कार्ड’

1
1.0K Shares

मेगा बैंक नेपालले  आजबाट ‘मेगा किसान कार्ड’ सहित ‘मेगा स्मार्ट कृषि’ सेवा सुरु गरेको छ। मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले आज केन्द्रीय कार्यालयमा सूर्यविनायक शाखाका किसान ग्राहकलाई पहिलो कार्ड हस्तान्तरण गरेर ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवाको शुभारम्भ गरेकी हुन् ।  

स्थापनाकालदेखि नै ‘हलोदेखि हाइड्रोसम्म’लाई मूलमन्त्र बनाएको बैंकले व्यावसायिक किसानहरुको समयानुकूल आवश्यकतालाई हेरेर यो सुविधा ल्याएको हो। किसानहरुलाई सहज रुपमा बैंकिङ सुविधा प्रदान गर्दै देशलाई कृषिमा आत्मनिर्भर बनाउने सरकारको नीतिलाई सघाउन ‘मेगा किसान कार्ड’ सुरु गरेको बैंकले जनाएको छ।

‘यो कृषि क्षेत्रमा नेपालकै नवीनतम बैंकिङ सुविधा हो,’ मेगा बैंककी सिइओ खुञ्जेलीले भनिन्, ‘मेगा किसान कार्डमार्फत किसानहरुले आफूलाई आवश्यक पर्ने मलखाद, बिउबिजन लगायतका सम्पूर्ण कृषि उत्पादनसँग सम्बन्धित विभिन्न सामानहरु तोकिएका कृषि सेवा केन्द्रहरुबाट खरिद गर्न सक्नेछन्। यस कार्डको माध्यमबाट वास्तविक किसानको पहिचान गर्न पनि मद्दत मिल्ने विश्वास पनि लिएका छौं।’

यो सेवाका लागि मेगा र आर एण्ड डी इनोभेटिभ सोलुसनसँग सम्झौता भइसकेको छ। आर एण्ड डीसँगको सम्झौतापछि व्यावसायिक किसानहरुलाई अनुदान ऋण लिन थप सहज मिल्ने मेगा बैंकको विश्वास छ । 

1

Scroll to Top