Banijya News

एनआईसी एशिया बैंकमा अनलाइनबाटै कर्जाको आवेदन दिन सकिने

1
1.1K Shares

एनआईसी एसिया बैंकले आफ्ना सेवा तथा सुविधाहरू समयअनुरुप ग्राहकमैत्री बनाउने क्रमलाई निरन्तरता दिँदै अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने ‘अनलाइन कर्जा आवेदन प्रणाली’ सुरु गरेको छ।

‘डिजिटल फर्स्ट बैंक’ बन्‍ने दीर्घकालीन रणनीतिअनुरुप आफ्नो सम्पूर्ण व्यावसायिक प्रक्रिया तथा क्रियाकलापहरूलाई डिजिटलतर्फ परिमार्जन गर्न लागि परेको बैंकले जनाएको छ । 

कोरोना महामारीकाबीच सामाजिक दूरी कायम राख्नुपर्ने आजको आवश्यकतालाई महसुस गर्दै यस बैंकले ग्राहकमैत्री एवं सुरक्षित रुपले https://loanapplication.nicasiabank.com मार्फत उक्त अनलाइन कर्जा आवेदन प्रणालीको सुरुवात गरेको हो  ।

कर्जाको आवेदन अनलाइन दिन सकिने उक्त नवीनतम सुरुवातले बैंकको कर्जा आवेदन लिने र प्रक्रियामा लैजाने विद्यमान व्यवस्थालाई विस्थापित गर्नुका साथै बैंकसम्म पुगेर कर्जा आवेदनका निमित्त भौतिक फारम भर्नुपर्ने झन्झटबाट समेत ग्राहक महानुभावहरूले मुक्ति पाउने बैंकले विश्वास लिएको छ ।

1

Scroll to Top