Banijya News

दराज अनलाइनको वर्षको सबैभन्दा ठूलो दशैं सेल र धमाका अफर,

1
1.1K Shares

नेपालको अग्रणी अनलाइन शपिङ साइट दराजले वर्षकै सबैभन्दा ठूलो धमाकेदार अभियान ‘दराज दशैं धमाका’ लिएर आएको छ। यो अभियान आज सोमबार देखि शुरु हुने भएको छ ।
कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ दिनहुँ कोरोना भाइरस संक्रमितको संख्या बढ्दै जाँदा यस अभियानमार्फत उपभोक्ताहरुले आफ्नो घरमै सुरक्षित भई दशैँको किनमेल गर्न सक्नेछन्।
यस अभियान अन्तर्गत उपभोक्ताहरुले राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरुमा मेगा डिल्स्, दराज मलमा पाहिने ब्रान्डेड उत्पादनहरूमा भारीछूट, आकर्षक भौचरहरु, बम्पर उपहारमा टिभीएस अपाचे आरटीआर १६० ४ भी एसडी, कार्ड प्रीपेमेन्टमा छूट, फ्ल्यास सेल्स, निःशुल्क वितरण, हट पिकहरू, रोमाञ्चक मोबाइल गेमहरू, दराज वन रुपी गेम, वील अफ फोर्च्युन र अन्य धेरै आकर्षणहरुको लाभ उठाउन सकिने कम्पनीको भनाइ छ।

यस सेल अभियानको विशेष पार्टनरहरुको रूपमा टिभीएस, र कोकाकोला रहेका छन् । त्यसैले उपभोक्ताहरुले यी अग्रणी ब्राण्डका उत्पादनहरूमा आकर्षक अफरहरुको पनि लाभ उठाउन सक्दछन्।
दराजले अग्रणी बैंकहरूसँग साझेदारी गरी डेबिट र क्रेडिट कार्ड मार्फत पूर्व भुक्तानीमा २० प्रतिशत वा अधिकतम २५ सय रुपैयाँ सम्मको छूटको पनि व्यवस्था गरेको छ । ग्राहकहरूले यस छुट पाउन नबिल बैंक, एनआईसी एशिया, स्टयान्डर्ड चार्टर्ड, सानिमा बैंक, ग्लोबल आईएमई, मेगा बैंक, एनएमबी बैंक, नेपाल बंगलादेश बैंक, र कुमारी बैंकको ग्राहक हुनुपर्छ। यदी उपभोक्ताहरु सँग उक्त बैंकहरु को कार्ड छ तर अनलाइन पेमेन्ट सुचारु छैन भने आफ्नो बैंक सँग सम्पर्क गरी सुचारु गर्न सकिनेछ।


दराज अनलाइन लूडो प्रतियोगिता


दराजले उपभोक्ताहरुको शपिङ अनुभवलाई अझै रमाइलो बनाउन अनलाइन लूडो प्रतियोगिताको पनि घोषणा गरेको छ। दराज एपमार्फत श्रीलंका र नेपालका प्रतिद्वन्द्वीहरु बीच हुने यो प्रतियोगितामा पहिलो स्थान प्राप्त गर्ने खेलाडीले १०० अमेरिकी डलरको दराज भौचर जित्ने छ, दोस्रो स्थानले ७५ अमेरिकी डलरको दराज भौचर जित्ने छ, र तेस्रो देखि पन्ध्रौं स्थानमा पर्ने प्रत्येक खेलाडीहरुले अमेरिकी २५ डलर जित्नेछन् ।
साथै, नेपालबाट सर्वश्रेष्ठ प्रदर्शन गर्ने खेलाडीले नयाँ सोनी एक्सपेरिया एक्स ए वन डबल जीत्नेछन् भने दोस्रो र तेस्रो उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले क्रमशः नयाँ टाइटन घडी र मनास्लु गिटार जित्नेछन्।
प्रतियोगिता २१ देखि २२ असोज ९७(अक्टोबर८) देखि हरेक दिन दिउँसो १ देखि साँझ ७ बजे सम्म दराज एण्ड्रोइड एपमा आयोजित हुनेछ। प्रतियोगितामा भाग लिनको लागि ५ देखि २१ असोज भित्र दराज एपमार्फत अनिवार्य दर्ता गर्नुपर्नेछ।
यसको साथै, अभियानका लागि पार्टनर ब्राण्डहरूमा टाइटन, आमारया, म्यकेन्रो, सामसँग, इन्फिनिक्स, रंगोली, कोलगेट, लोट्टो, अर्क, भान्स, एमआई, होम ग्लोरी, सीजी, मेडिया, एलजी, जुआसलगायतका ब्राण्डका खास उत्पादनहरुमा उपभोक्ताहरुले ६० प्रतिशत सम्मको छुट पाउनेछन् ।

1

Scroll to Top