असोज २७, काठमाडौं ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा कार्यरत कर्मचारीमा कारोना भाइरसको संक्रमण देखिए पछि कार्यालयले अत्यावश्यक बाहेकका अन्य सबै सेवा बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार एक सूचना जारी गर्दै ४ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अर्को सूचना नआएसम्मका लागि बुधबारदेखि लागु हुने गरि सेवाहरु बन्द गरिएको बताएको छ ।
नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, हातहतियार दर्ता, नवीकरण संस्था दर्ता पत्रपत्रिका दर्ता सेवा, नवीकरणसम्बन्धी कार्य, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण, नाबालिग परिचयपत्र वितरण लगायत अन्य अत्यावश्यक नभएका सेवाहरु स्थगित गरिएको बताएको छ ।
शान्ति सुरक्षा सम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी सम्बन्धी सेवा, मुद्दाको सुनुवाइ सम्बन्धी सेवा र विपद् व्यवस्थापन सम्बन्धी सेवामात्रै सञ्चालनमा आउनेछ ।


