Banijya News

एनआइसी एसिया बैंकको चाडपर्व अफरः डिजिटल भुक्तानी गरे ५० प्रतिशतसम्म नगद छुट तथा क्यास ब्याक प्राप्त गर्न सकिने

1
1.1K Shares

२८ असोज, काठमाण्डौ ।


एनआईसी एशिया बैंकले चाडपर्व लक्षित अफर ल्याएको छ ।
यो अफर अनुसार बैंकका ग्राहकले १ कात्तिकदेखि ५ मंसिरसम्म १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमार्फत किनमेल गर्दा डिजिटल भुक्तानी गरी आकर्षक नगद छुट तथा क्यास ब्याक लाभ लिन सक्नेछन् ।
सिजी, पाल्सोनिक, ब्रोदरहूड, इलेक्ट्रोन, यासुदा, जेजे ज्वेयलर्स, आर्सी ज्वेलर्स, सिल्भर स्टेट, सिभिल मल, सिटी सेन्टर, केटिएम सिटी, सिटिभी मोबाइल, ए टू जेड अनलाइन, एसीडिसी मोबाइल, सुजुकी, एनआइयू, ह्याकुला, केएफसी र सिम्रिक एयरका सेवा तथा सामग्रीमा पाँचदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

1

Scroll to Top