Banijya News

सिद्धार्थ बैंक लिमिटेडले गर्यो ऋणपत्र बाँडफाँट

1
1.1K Shares

२८ असोज, काठमाण्डौ ।


सिद्धार्थ बैंक लिमिटेडले असोज १६ देखि २० गतेसम्म विक्री गरेको ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको ३० लाख कित्ता ऋणपत्र बाँडफाँट गरेको हो ।


कम्पनीले कुल कित्तामध्ये रू. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता सार्वजनिक निष्कासनमार्फत विक्री खुला गरेको थियो भने १८ लाख कित्ता परिपत्र विधिबाट विक्री गरेको हो ।
सर्वसाधारणका लागि छुट्याइएको मध्येबाट ६० हजार कित्ता ऋणपत्र भने सामुहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ । उक्र ऋणपत्र विक्रीको जिम्मेवारी एनएमबि क्यापिटलले पुरा गरेको छ ।

यो ऋणपत्र खरिद गर्नेले तोकिएको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा प्राप्त गर्नेछन् ।

1

Scroll to Top