०६ कार्तिक, काठमाण्डौ ।
माछापुच्छ्रे बैकले विजयादशमीको उपलक्ष्यमा माछापुच्छ्रे मोवाइल मनि मार्फत डिजिटल दक्षिणा पठाउने ग्राहकहरुलाई आकर्षक क्यासव्याक दिने योजना ल्याएको छ । माछापुच्छ्रे बैंकबाट दक्षिणा पठाउँदा अधिकतम १०० रुपैयाँसम्म क्यासब्याक पाइने भएको हो ।
कोभिड १९ को जोखिम बढ्दै जादाँ नगदरहित कारोबारलाई जोड दिदै बैंकले दशैमा दिइने दक्षिणा डिजिटल माध्यमबाट दिनआग्रहगर्दै यसरी डिजिटल दक्षिणा दिने ग्राहकलाई अधिकतम १०० रुपैयासम्म क्यासव्याक दिने भएको हो ।
विजयादशमीको दिनदेखि पूूर्णिमासम्म माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ्ग एप माछापुच्छ्रे मोबाइल मनि मार्फत जुुनसुुकै बैंकको खातामा दक्षिणा पठाउँदा ग्राहकहरुले उक्त क्यासव्याक प्राप्त गर्न सक्नेछन् । क्यासव्याक प्राप्त गर्न ग्राहकले पैसा ट्रान्सफर गर्दा प्रोमो कोडमा दक्षिणा लेख्नुुपर्नेछ ।
उक्त क्यास व्याक पूूर्णिमापछि ग्राहकहरुको खातामा सिधै रकम जम्मा हुुने बैंकले जनाएको छ । क्यासव्याक प्राप्त गर्न न्यूूनतम २ सय रुपैयाँ वा सोभन्दा वढिको दक्षिणा कारोबार गर्नुुपर्नेछ । स्मार्ट बैंक–माछापुच्छ्रे बैकले आफ्ना ग्राहकहरुलाई स्मार्ट सुुविधा दिने उद्देश्यले विभिन्न समयमा विभिन्न अफरहरु संचालनमा ल्याएको छ ।
बैंकले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा डिजिटल दक्षिणाको साथमा बैंकको २०-२० अफर संचालन गरिरहेको छ । जसअन्तर्गत बैंकले कार्ड तथा क्युुआर कोडबाट गर्ने कारोबारमा ग्राहकलाई २० प्रतिशतसम्म क्यासव्याक प्रदान गरिरहेको छ ।


