Banijya News

एनएमबि बैंकमा २४ सै घण्टा र सातै दिन खाता खोल्न सकिने, साथै रु ५०० को क्यासब्याक अफर

1
1.1K Shares

०४ मंसिर, काठमाण्डौ ।


फेसबुकबाटै खाता खोल्ने योजना लयाए पश्चात एनएमबि बैंकले २४सै घण्टा र सातै दिन भाइबर, फेसबुक र एनएमबि ई–एपबाट खाता खोल्न सकिने योजना ल्याएको छ।
यो योजना अन्र्तगत अब घरमै बसी भाइबरमा च्याट र एनएमबि ई–एप मार्फत पनि खाता खोल्न सकिन्छ । यसबाट मुद्दती निक्षेप खोल्ने र नवीकरण गर्न सकिने सेवा समेत लिन सकिन्छ ।
ग्राहकले पहिलोपटकको कारोबारमा ई–एनएमबी एपका माध्यमबाट रु. ५०० सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् साथै उही बैंक र अन्य बैंकमा फन्ड ट्रान्सफर, केवाईसी अपडेट, ठेगानामा परिवर्तन, वैवाहिक स्थिति, पेसालगायत अन्य धेरै सुविधा प्राप्त गर्न सकिने जानकारी बैंकले दिएको छ ।
डिजिटल बैंकिङ्ग सेवाको घेरा अभिवृद्धि गर्दै ग्राहकलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको कुरा बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

1

Scroll to Top