काठमाडौं– नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित भएका छन् । नेपाली कांग्रेस निकट प्रेस युनियन, प्रेस सेन्टर, प्रेस चौतारी (नेपाल–खनाल) पक्षसहित ११ संगठनका साझा उम्मेदवार पोखरेलले आफ्नो निकटम् प्रतिस्पर्धी प्रेस चौतारीकी उम्मेदवार निर्मला शर्मालाई ३ हजार ९२७ मतले पछाडि पार्दै विजयी भएकी हुन्। केन्द्रीय निर्वाचन समितिले शनिवार महासंघको केन्द्रीय कार्यालयमा प्राप्त मत सार्वजनिक गर्दै पोखरेललाई अध्यक्षमा निर्वाचित भएको घोषणा गरेको हो । महासंघमा पोखरेलको प्यानलै निर्वाचित भएको छ। पोखरेलले ६ हजार ९ सय ४२ मत प्राप्त गर्दा उनकी प्रतिद्वन्द्वी निर्मला शर्माले ३ हजार ९ सय १५ मत प्राप्त गरिन् । निर्वाचन समितिका सदस्य अधिवक्ता देवेन्द्र झाका अनुसार अध्यक्षका अर्का प्रत्यासीहरु गजेन्द्रसिंह बुढाथोकीले ४ सय ९१ र रामप्रसाद दाहालले १ सय ५६ मत प्राप्त गरे ।
हेरौँ कसले कति मत प्राप्त गरे ?








