Banijya News

गौशाला नापी कार्यालयको नक्सा सेवा अब अनिवार्य अनलाइन

1
1.0K Shares

नापी कार्यालय गौशालाले बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित नक्सासम्बन्धी सेवा अब अनिवार्य रूपमा ‘मेरोकिता’ प्रणालीमार्फत मात्रै प्रवाह हुने जनाएको छ।

कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार बैंक तथा वित्तीय संस्थालाई प्रवाह हुने नक्सासम्बन्धी सेवा असार ८ गतेदेखि संस्थागत प्रयोगकर्ता मार्फत अनलाइन प्रणालीबाट सञ्चालन गरिने व्यवस्था गरिएको हो ।

सूचनामा बैंक तथा वित्तीय संस्थाहरूले सम्बन्धित संस्थागत प्रयोगकर्ता मार्फत मेरोकिता प्रणालीबाट मात्रै सेवा लिनुपर्ने उल्लेख गरिएको छ। सेवाप्रवाहलाई थप व्यवस्थित, पारदर्शी तथा प्रविधिमैत्री बनाउन यस्तो व्यवस्था लागू गरिएको कार्यालयले जनाएको छ।

यस व्यवस्थासँगै बैंक तथा वित्तीय संस्थाले नक्सासम्बन्धी सेवा प्राप्त गर्न कार्यालयमा प्रत्यक्ष उपस्थित हुनुपर्ने झन्झट कम हुने तथा अनलाइन प्रणालीमार्फत छिटो, सहज र प्रभावकारी सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ ।

1

Scroll to Top