Banijya News

चौधरी ग्रुपका दुई कम्पनीको ६ महिनाको व्यापार १.११ अर्ब

1
1.0K Shares

चौधरी ग्रुप अन्तर्गतका दुई प्रमुख कम्पनीहरू, ईओएल र सीजी इलेक्ट्रोनिक्सले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कुल १ अर्ब ११ करोड २० लाख रुपैयाँको व्यापार गरेका छन् । विभिन्न ब्रान्डका विद्युतीय घरायसी सामग्रीहरू बिक्री वितरण गर्दै आएका यी दुई कम्पनीमध्ये ईओएलले ९६ करोड ३० लाख रुपैयाँ र सीजी इलेक्ट्रोनिक्सले १४ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार सम्हालेका छन् ।

सन् २००९ मा स्थापना भएको ईओएल नेपालका लागि गोदरेज, टीसीएल, केन्ट र इलिका जस्ता स्थापित ब्रान्डहरूको आधिकारिक बिक्रेता हो भने यसले सीजी र सेन्सेई ब्रान्डको राष्ट्रिय डिलरका रूपमा समेत काम गर्दै आएको छ। विगतका वर्षहरूमा क्रमशः २ अर्ब १ करोड २० लाख (सन् २०२२०) १ अर्ब ७४ करोड ९० लाख (सन् २०२३), १ अर्ब ८५ करोड (सन् २०२४) र गत आवमा २ अर्ब १८ करोड ७० लाख रुपैयाँको बलियो कारोबार गरेको यस कम्पनीको बजार सञ्जाल निकै ठूलो छ। देशभर २८ वटा आफ्नै शाखा र १ हजारभन्दा बढी डिलरहरू रहेको यस कम्पनीमा ९९ प्रतिशत स्वामित्व निर्वाण चौधरीको छ। हाल यसले दीर्घकालीन र अल्पकालीन कर्जाका लागि कुल १ अर्ब ७९ करोड रुपैयाँको रेटिङ गराएको छ।

वित्तीय स्वास्थ्यका हिसाबले ईओएल अहिले पनि सुदृढ अवस्थामै देखिन्छ। चालु आवको ६ महिनामा यसको सञ्चालन नाफा मार्जिन ११ प्रतिशत (गत वर्ष १३ प्रतिशत) रहेको छ भने गियरिङ अनुपात ०.८ गुणा छ। कम्पनीको ऋण तिर्ने क्षमता (कभरेज सूचक) सहज छ, जसमा ब्याज कभरेज अनुपात ५.१ गुणा र ऋण सेवा कभरेज अनुपात २।१ गुणा रहेको छ। यसको अर्थ कम्पनीको नाफा ब्याजभन्दा ५.१ गुणा र ऋणको किस्ताभन्दा २।१ गुणा बढी छ, जसले वित्तीय दायित्व वहन गर्न सक्ने बलियो आधार देखाउँछ।

अर्कातर्फ, सन् १९९८ मा स्थापित सीजी इलेक्ट्रोनिक्सले भने चालु आवको ६ महिनामा १४ करोड ९० लाख रुपैयाँको मात्र कारोबार गर्न सकेको छ, जुन विगतका वर्षहरू ९सन् २०२२ मा १ करोड ३० लाख, २०२३ मा ५४ करोड ८० लाख, २०२४ मा ६९ करोड ८० लाख र गत आवमा ७० करोड ३० लाख० को तुलनामा निकै कमजोर हो। गत भदौमा भएको ुजेन्जी आन्दोलनुका क्रममा कम्पनीको गोदाम तथा एसेम्बल प्लान्टमा तोडफोड भएपछि यसको सम्पूर्ण आपूर्ति श्रृङ्खला खलबलिन पुग्दा व्यापारमा ठूलो धक्का लागेको हो। व्यापार घटेसँगै कम्पनीको नाफा मार्जिन खुम्चिएको छ भने ब्याज कभरेज अनुपात पनि गत वर्षको ६।३ गुणाबाट झरेर १।७ गुणामा सीमित भएको छ। हाल यसको गियरिङ अनुपात ०।६ गुणा छ।

एलजी, सीजी, तोशिबा, सेन्सेई र टीसीएल जस्ता प्रसिद्ध ब्रान्डहरूको आधिकारिक आयातकर्ता र एसेम्ब्लर रहेको सीजी इलेक्ट्रोनिक्समा निर्वाण चौधरीको ५२ प्रतिशत, एपोलो स्टिल्सको ४७ प्रतिशत र सारिका चौधरीको १ प्रतिशत सेयर स्वामित्व रहेको छ। प्रतिकूल परिस्थितिका बाबजुद व्यवसायलाई अघि बढाउन कम्पनीले हाल अल्पकालीन कर्जाका लागि ६६ करोड रुपैयाँको रेटिङ गराएको छ।

1

Scroll to Top