यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले बैंकको साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकले असोज २८ गते आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा २५औँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीलाई ८.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि सभामा पेश हुनेछन् ।