(आईएमआईएस) मार्फत अनलाइनमा लगेपछि उद्योगी–व्यवसायीले दर्तादेखि सञ्चालनसम्मका कामका लागि कार्यालय धाउनुपर्ने झन्झट हट्ने भएको छ। साउन १८ गतेदेखि लागू गरिएको यो व्यवस्थाअनुसार अनलाइन प्रणालीमा आइसकेका सेवाका लागि अब भौतिक रूपमा आवेदन र कागजात स्वीकार गरिने छैन।
यस प्रणालीबाट नयाँ उद्योग दर्ता, पुँजी तथा क्षमता वृद्धि, शेयर संरचना संशोधन, म्याद थप तथा नवीकरण जस्ता प्रशासनिक काम गर्न सकिनेछ। साथै, विदेशी लगानी स्वीकृति, भिसा सिफारिस, प्रविधि हस्तान्तरण, छुट तथा सुविधा सिफारिस र वातावरणीय परीक्षणसँग सम्बन्धित प्रक्रिया पनि अनलाइनबाटै अघि बढ्नेछन्।
संघीय संरचनाअनुसार रू। २५ करोडभन्दा कम स्थिर पुँजी भएका उद्योग प्रदेश सरकारको कार्यक्षेत्रमा पर्ने भएकाले तिनको छुट तथा सुविधा सिफारिस प्रदेशबाटै हुनेछ। उद्योग विभागले भने औद्योगिक नीति कार्यान्वयन, अनुमति लिनुपर्ने उद्योग, विदेशी लगानी र दुई वा सोभन्दा बढी प्रदेशसँग जोडिएका उद्योगको जिम्मेवारी सम्हाल्नेछ।
प्रणाली निरन्तर चल्ने, प्रक्रिया पारदर्शी र समयबद्ध हुने तथा प्राविधिक समस्या तुरुन्त समाधान हुने वातावरण बनेमा मात्र यो प्रविधि प्रभावकारी ठहरिनेछ। यदि अनलाइन आवेदनपछि पनि निर्णयका लागि कार्यालय नै धाउनुपर्ने अवस्था रहिरह्यो भने ुकागजविहीनु सेवाको लक्ष्य कागजमै सीमित हुने जोखिम रहन्छ।


