नेपालीहरूको महान् चाडपर्वको शुभ अवसरलाई लक्षित गर्दै प्रिमियम विद्युतीय सवारीसाधन ब्रान्ड एक्सपेङले नेपाली बजारमा ‘सेलीब्रेसन अपग्रेड’ नामक आकर्षक योजना सार्वजनिक गरेको छ। चाडपर्वमा नयाँ गाडी खरिद गर्ने ग्राहकको चाहनालाई ध्यानमा राख्दै कम्पनीले १२ लाख रुपैयाँसम्मको ठूलो छुट अफर अघि सारेको हो। प्रिमियम ईभी पारखीहरूका लागि यो योजना निकै लाभदायक र विशेष हुने देखिन्छ।
यस योजनाको प्रमुख आकर्षण भनेको ग्राहकले घरमै बसेर एक्सपेङ जी-६ को ‘होम टेस्ट ड्राइभ’ सुविधा लिन पाउनु हो। शोरूमसम्म धाउनुपर्ने बाध्यतालाई हटाउँदै कम्पनीले घरको आँगनमै गाडी पुर्याएर यसको आधुनिक प्रविधि, आरामदायी यात्रा र उत्कृष्ट सवारी क्षमताको प्रत्यक्ष अनुभव गराउने व्यवस्था मिलाएको छ।
नगद छुटका साथसाथै कम्पनीले ग्राहकको थप सुविधाका लागि विभिन्न अतिरिक्त उपहार तथा छुटको प्याकेज पनि ल्याएको छ। यो अफरअन्तर्गत एक्सपेङ जी-६ खरिद गर्दा ६.६ किलोवाटको होम चार्जर निःशुल्क उपलब्ध गराइनेछ। यसका अलावा एक वर्षको पूर्ण सवारी बीमा र एक आर्थिक वर्षको सडक कर (रोड ट्याक्स) समेत कम्पनीले नै बेहोर्ने भएको छ।
स्मार्ट प्रविधि, आधुनिक डिजाइन र प्रिमियम मोबिलिटीको खोजीमा रहेका सवारी प्रेमीहरूका लागि चाडपर्वको यो अफर एउटा उत्कृष्ट अवसर बनेको छ। वातावरणमैत्री यात्रालाई प्रवर्द्धन गर्दै ग्राहकलाई अत्याधुनिक विद्युतीय गाडीको पहुँचसम्म पुर्याउन एक्सपेङको यो योजनाले ठूलो भूमिका खेल्ने विश्वास लिइएको छ।
विद्युतीय सवारीसाधनको दुनियाँमा स्मार्ट र भविष्यमुखी प्रविधिका लागि चिनिने एक अत्याधुनिक अन्तर्राष्ट्रिय ब्रान्ड हो। आर्टिफिसियल इन्टेलिजन्स स्वायत्त ड्राइभिङ क्षमता र प्रिमियम सवारी अनुभवलाई प्राथमिकता दिँदै यस ब्रान्डले विश्वभरका ईभी पारखीहरूमाझ छुट्टै पहिचान बनाएको छ। दिगो, सुरक्षित र वातावरणमैत्री यात्रालाई आधुनिक जीवनशैलीसँग जोड्दै ईभी प्रविधिलाई नयाँ उचाइमा पुर्याउन एक्सपेङ निरन्तर समर्पित छ।

