Banijya News

कृषि विकास बैंकको ‘कृषि ऋणपत्र’ डिबेञ्चर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल

1
1.1K Shares

कृषि विकास बैंक लिमिटेडले “७ वर्षे ६ अरब कृषि ऋणपत्र” का डिबेञ्चर रजिष्ट्रारका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालिन साधनको उपलब्धता सहज बनाउन यस बैंकले कृषि ऋणपत्र जारी गरिएको हो ।
उक्त सम्झौतामा कृषि विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख वित्तीय अधिकृत यज्ञ प्रकाश न्यौपाने तथा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

1

Scroll to Top