काठमाडौँ– नेपाली बजारमा बुधवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी ब्यावसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भएकोमा आज ७०० रूपैयाँ घटेर ९० हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी मूल्य पनि आज घटेको छ । चाँदी प्रतितोला १० रूपैयाँले घटेर १ हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


