Banijya News

भारतीय राष्ट्रपतिसँग प्रधानमन्त्री बालेनको शिष्टाचार भेट

1
1.0K Shares

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री शाहले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता र दुई देशबीच विभिन्न समझदारी गरेका थिए ।

त्यसपछि शाह भारतीय समकक्षीको आयोजनामा भएको दिवा भोजमा सहभागी भएका थिए । त्यसलगत्तै उनले भारतीय राष्ट्रपति भेट गरेका हुन् । हिजो आइतबार भारत भ्रमणमा गएका प्रधानमन्त्री शाह दुई पक्षीय भेटवार्ता सकेर आजै स्वदेश फर्कने भएका छन् ।

1

Scroll to Top