Banijya News

मिथिला चित्र भएको ग्लोबल आईएमईले निकाल्यो २०७९ को पात्रो

1
1.1K Shares

ग्लोबल आईएमई बैंकले २०७९ सालको भित्तेपात्रामा मिथिला चित्रकलालाई संरक्षण गर्ने उद्धेश्यका साथ पात्रो सार्वजनकि गरेको छ । कलाकार अमितकुमार शाह र गिताकुमारी ठाकुरका मिथिला चित्र राखिएका छन् ।
कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले कला संकृतिको संरक्षण सँगै कलाकारितालाई पनि प्रोत्साहन गर्न क्यालेण्डरमा मिथिला चित्र राखेको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज बज्राचार्यले बैंकले कला संस्कृतिको प्रवद्र्धनमा पनि ध्यान दिएको बताए । राष्ट्रिय पहिचान दिने मिथिला चित्रमा बैंकले प्रवर्द्धन गर्न खोजेको उनको भनाई छ ।

1

Scroll to Top