Banijya News

लक्ष्मी बैंक लिमिटेड र भारतको बैंकबीच व्यापारिक सम्झौता

1
1.1K Shares

लक्ष्मी बैंक लिमिटेड र भारतको आईसीआईसीआई बैंकबीच व्यापारिक सम्झौता सम्पन्न भयो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र आइसिआइसिआइ बैंकको नेपालका लागि प्रमुख प्रतिनिधि रन्जन कुमार थापाले सम्झौतापत्र आदानप्रदान गरेका छन् ।
उक्त सम्झौताले नेपाल र भारतबीचको परम्परागत अन्तर-बैंक भुक्तानीका साथसाथै क्युआर भुक्तानी गरी दुई देशबीच रेमिट्यान्स भुक्तानीको दायरा विस्तार गर्न सहज बनाउने लक्ष्मी बैंकले विश्वास लिएको छ ।
दुई बैंकबीचको सम्झौताले मानव संसाधन, प्रविधि र सञ्चालन लगायतका विविध क्षेत्रमा ज्ञान आदानप्रदान गर्न सहयोग गर्ने अपेक्षा समेत गरेको छ ।

1

Scroll to Top