रिभर फल्स पावर लिमिटेडले आयोजना प्रभावित स्थानिय बासिन्दाहरुको लागि आईपीयो निष्कासन गर्ने भएको छ । चैत्र २७ गतेदेखि स्थानिय बासिन्दाहरुलाई आईपीयो बिक्री गर्ने भएको हो ।
कम्पनीको जारी पूँजी ७० करोडको १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ७ लाख कित्ता शेयर निष्कासन गर्न लागेको छ । संखुवासभा जिल्लाका आयोजना प्रभावित बासिन्दाहरुको लागि निष्कासन गर्न लागेको हो ।
उक्त क्षेत्रका बासिन्दाहरुको लागि छुट्याइएको शेयर विक्री नभएको बाँकि शेयर सर्वसाधारणका लागि निष्काशन गरिने कम्पनीले जानकारी गराएको छ ।
स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । छिटोमा २०७९ बैशाख ११ गते र ढिलोमा बैशाख २६ गतेसम्म आइपीओ खुला रहनेछ ।
त्यसैगरी, उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।
लगानीकर्ताहरुले प्राइम कमर्सियल बैंक , प्रभ बैंक लिमिटेड, ग्लोबल आईएमई बैंक लिमिटेड, रिभर फल्स पावर लिमिटेडको आयोजना कार्यालय, संवासभा बाट आवेदन दिनु पर्नेछ ।
साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूणर् सी-आस्वा अनुमति बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् ।


