सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिंदै क्युआर कोड वितरण गरेको छ । कास्की जिल्लामा रहेको बेगनास तालका २२० डुंगा व्यवसायीहरुलाई क्युआर कोड वितरण गरेको हो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा. राम शरण खरेलले नोट छपाई गर्दा खर्च हुने बताए । उक्त खर्च तथा विदेशिने मुद्रा बचाउन पनि नगदरहित अभियान अतिआवश्यक रहने जनाए ।
पौडेलले नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्युआर कोडलाई सर्वव्यापी रुपमा लैजानु पर्ने भनेका छन् । बैंकले आफ्नो ग्राहकहरुलाई क्युआर कोड मार्फत विभिन्न किसिमका नगद रहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्दै आएको भनेका छन् ।
विभिन्न व्यापार व्यवसायहरूमा क्युआर कोडलाई अझ सशक्त देशव्यापी रुपमा लिने बताए । आगामी दिनहरुमा नँया खालको सेवाहरु ल्याउँने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले भनेका छन् ।
उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा. राम शरण खरेल, बेगनास ताल डुंगा व्यवसाय समितिका अध्यक्ष ढकनाथ कडेँल, फेवा ताल डुंगा व्यवसायी समितिका अध्यक्ष बुद्धि बहादुर नेपाली, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल लगायतको सहभागिता रहेको थियो ।


