सिटिजन्स बैंक र भारत स्थित मेदान्त- द मेडिसिटी अस्पतालबीच बिहीबार दिल्लमा सम्झौता भएको छ । बैंकका कार्डवाहक ग्राहक महानुभावलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशत सम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले हस्ताक्षर गरेका छन् । यस सहकार्यबाट बैंकका ग्राहकहरूलाई भारतमा स्वास्थ्य उपचार गर्न सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ । यो सुविधा बैंकका कार्डवाहक ग्राहकहरूले भारतको गुरगाउँ, लखनउ, राँची, इन्दौरलगायतका मेदान्त अस्पतालका सबै शाखाहरूबाट लिनसक्ने छन् ।
साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने सुविधा पनि उपल्ब्ध गराउँदै आएको छ ।


