मञ्जुश्री फाइनान्सले शाखा प्रबन्धक र सहायक कर्मचारीको लागि दरखास्त आह्वान खुला गरेको छ । फाइनान्सले हेटौंडाका लागि कर्मचारी माग गरेको हो । शाखा प्रबन्धकमा एक जना र सहायकमा पाँचदेखि दश जना कर्मचारी माग गरेको छ । इच्छुक उम्मेदवारले सात दिनभित्र आवेदन भरिसक्नु पर्नेछ ।
शाखा प्रबन्धकका लागि व्यवस्थापनमा स्नातक तह उत्तिर्ण गरेकाले भर्न पाउँने छन् । त्यस्तै, बैंकिङ, सहकारी र बीमामा तीन वर्षको कार्य अनुभव पनि हुनुपर्ने छ । सहायक पदका लागि न्यूनतम व्यवस्थापनमा स्नातक तह उत्तिर्ण गरेकाले मात्र भर्न पाउने छन् । १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेकाले दिन पाउने उल्लेख गरिएको छ ।


