कर्पोरेट डेभलपमेन्ट बैंकको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । बैंकले चैत १६ गतेदेखि १ लाख २० हजार १२० कित्ता लिलामी शेयर चैत २४ गतेसम्म बिक्रीमा ल्याएको हो ।
उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर एक सय रुपैंया तोकेको छ । सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिने । त्यस्तै अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने रहेको छ । बैंकले माघ ७ गतेदेखि फागुन १३ गतेसम्म ३० कित्ता हकप्रद शेयर बिक्री खुला गरेको थियो । सो समयमा बिक्री नभएको बाँकी सेयर बैंकले लिलामीमा ल्याएको हो । सिभिल क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ ।


