एनएमबि बैंकले नयाँ बर्षको लागि अफरै अफर ल्याएको छ । बैंकले ग्राहक तथा कर्मचारीका लागि चैत्र २९ गतेदेखि शुरू भई सिमित समयसम्म मात्र लागु हुने गरी सार्वजनिक गरेको हो ।
बैंकको ग्राहकले अफर जित्नको लागि ईएनएमबि एपबाट स्क्यान गरी दैनिक उपभोग्य बस्तुको खरिद गरेपछि १०% सम्मको क्यास ब्याक पाउने भएका छन् ।
बैंकका ग्राहकले सस्तो डिलबाट डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी समान खरिद गर्दा २०% वा २ हजार रुपैयाँसम्म छुट पाउने छन् । त्यसैगरी, बैंकका ग्राहकले दराज अनलाइनबाट समान खरीद गर्दा १०% सम्म छुट पाउने छन् । साथै क्रेडिट कार्ड प्रयोग गरी समान खरिद गर्दा १५% सम्म छुट पनि पाउन सक्नेछन् । ग्राहकले छुट प्राप्त गर्न आफ्नो ईएनएमबि एप डेबिट कार्ड सक्रिय गरी ई-कमर्स पनि सक्रिय गरेको हुनु पर्नेछ ।
ग्राहक तथा कर्मचारीहरुले सिजी डिजीटलको उत्पादनहरुको रु. २०,००० को खरिद गरेर बैंकको कार्डबाट अनलाईनमा भुक्तानी गरेपछि रु. २,००० को क्यासब्याक पाइने बैंकले जनाएको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु स्थापना गरीसकेको छ । उक्त बैंकले ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको पनि छ ।


