सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले कामु प्रमुख कार्यकारी अधिकृतको रूपमा रहेका न्यौपानेलाई नै बढुवा गरेर सीईओमा नियुक्त गरिएको हो । नवनियुक्त सीईओ न्यौपानेले २ वैशाखदेखि आफ्नो जिम्मेवारी सम्हाल्ने भएका छन् ।
बैंक सञ्चालक समितिले कामू सीईओको जिम्मेवारीमा रहेका न्यौपानेलाई सीईओमा नियुक्त गरेको हो ।
गत असारमा बैंकका सीईओ तुलसीराम गौतमले राजीनामा दिएका थिए । साथै बैंकको सीईओ पद खाली रहेको थियो । बैकले न्यौपानेलाई १ साउनदेखि कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो ।


