Banijya News

सेञ्चुरी बैंकले ऋणपत्र निष्कासन गर्ने

1
1.1K Shares

सेन्चुरी कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डबाट बैंकले २ अर्ब २० करोड बराबरको २२ लाख कित्ता ऋणपत्र निष्कासन गर्न चैत २९ गते अनुमति पाएको हो ।

कुल कित्ता मध्ये ८ लाख ८० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ । त्यस्तै, बाँकी रहेको १३ लाख २० हजार कित्ता ब्याक्तिगत तबरबाट विक्री गर्ने जानकारी दिएको छ ।

बैंकले वार्षिक ९ प्रतिशत ब्याजदरमा आगामी १० वर्षको लागि ऋणपत्र निष्कासन गर्न लागेको हो । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

1

Scroll to Top