लक्ष्मी बैंकको खुद नाफा ३३.३१% ले घटेको छ । लक्ष्मी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो। चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ८५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसैअवधिको तुलनामा ३३ दशमलव ३१ प्रतिशत कम हो । गत आर्थिक वर्षको यसै अवधिसम्ममा बैंकले १ अर्ब २८ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेपनि सञ्चालन नाफा घट्दा खुद नाफा प्रभावित भएको हो ।
सञ्चालन नाफा ३०.१५% ले घटेको छ । साथै, खुद ब्याज आम्दानी भने ८.६३% ले बढेको हो ।
खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ १५ पैसा घटेर ९ रुपैयाँ ९१ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ८९ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात २५ दशमलव ५२ गुणा रहेको हो ।


