Banijya News

जलवायु परिवर्तनले परेको असरमा सबै मुलुकले सहयोग र साझेदारी आवश्यक: राष्ट्रपति भण्डारी

1
1.1K Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका कारण परिरहेको असरमा पनि सबै मुलुकले पारस्परिक सहयोग र साझेदारी गर्नुपर्ने बताइन् ।

चीनको हिनान प्रान्तमा जारी एसियाका लागि बोआओ फोरमको वार्षिक सम्मेलनलाई  भिडियो सन्देशमार्फत सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले महामारी नियन्त्रण र रोकथाम गर्न र आर्थिक सुधारका लागि प्रोत्साहन सहयोग गर्ने विश्वास व्यक्त गरेकी हुन् ।महामारीबाट लिइएको महत्त्वपूणर् पाठमा जोड दिँदै राष्ट्रपति भण्डारीले नवीन गुणस्तरीय शिक्षा, स्वास्थ्य र स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्ने बताइन् । उनले नेपालजस्ता विकासोन्मुख देशको आर्थिक पुनरुत्थानका लागि विश्व समुदायलाई उदार प्याकेज ल्याउन विशेष अपिल गरिन् । त्यसैगरी, जवलावयु परिवर्तनको विषय कुनै देश विशेषको मात्रै नभएकाले विश्वका सबै मुलुकले सचेत हुनुपर्ने आग्रह गरेकीछन् ।

कोभिड -१९ महामारीपछिको परिवेशमा विश्वका राष्ट्रहरूको विकास र साझा भविष्यका लागि सहकार्य गर्ने मूल उद्देश्यका साथ बोआओ फोरम फर एशियाको वार्षिक सम्मेलन बिहीबार शुरु भएको हो । उक्त सम्मेलन शुक्रबार सम्पन्न हुनेछ ।

1

Scroll to Top