Banijya News

हिमालयन बैंककोे लाभांश वितरणमा लगाएको रोक हटायो अदालतले

1
1.1K Shares

नेपाल राष्ट्र बैंकले हिमालयन बैंककोे लाभांश वितरणमा लगाएको रोक अदालतले हटाइदिएको छ । उच्च अदालत पाटनले परमादेश जारी गर्दै लाभांश वितरणमा रोक नलगाउन भनेको हो । हिमालयन बैंक र नेपाल इन्भेष्टमन्ट बैंकको मर्जर प्रक्रिया खारेज गरेपछि राष्ट्र बैंकले लाभांश वितरण रोक्न निर्देशन दिएको थियो ।

यसविरुद्ध हिमालयन बैंक उच्च अदालत पाटन गएको थियो । बैंकले गत वर्षको नाफाबाट २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरेको थियो ।यसको विरुद्ध हिमालयन बैंकले गत २०७८ मंसिर १० गते मुद्दा हालेको थियो ।

राष्ट्र बैंकको निणर्यविरुद्ध परेको निवेदनमा उच्च अदालतले परमादेश जारी गर्दै राष्ट्र बैंकको निणर्य खारेज गरिदिएको हो ।
राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले २०७८ कात्तिक १६ गते लाभांश वितरणमा रोक लगाएको थियो । यो नगद लाभांश हो।

1

Scroll to Top