Banijya News

सनराइज बैंकको ओमबहालमा निशुल्क स्तन क्यान्सर परीक्षण शिविर

1
1.0K Shares

सनराइज बैंकले काठमाडौंको ओमबहालमा निशुल्क स्तन क्यान्सर परीक्षण शिविर आयोजना गरेको छ।
पछिल्लो समयमा स्तन क्यान्सर लगातार बढ्दै गएको र अहिले नेपालमा पनि महिलामा हुने स्तन क्यान्सर सबैभन्दा बढी देखिएको छ। सामान्यता महिलाहरु स्तन क्यान्सरको जाँच गर्न अन्तिम चरणमा अस्पताल जाने गर्दछन्। यसलाई पहिलो चरणमै पत्ता लगाउन सकिएको खण्डमा यसको उपचार हुन सक्ने र ठूलो क्षतिबाट जोगिन सकिने डाक्टरहरु बताउँदछन्।

तसर्थ जनचेतना अभिवृद्धि गर्न बैंकले नेपाल मधुमेही समाज सँगको सहकार्यमा निशुल्क शिविर सञ्चालन गरेको जनाएको छ।सो शिविरमा करिब ६३ जना महिलाहरुको स्तन परीक्षण गरी उनीहरुलाई स्तन क्यान्सरबारे सचेतना दिइएको थियो।

साथै, शिविरमा आउने सम्पूर्ण मानिसहरुको निशुल्क रक्तचाप, मधुमेह परीक्षणसेवा समेत दिइएको थियो।
बैंकले नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्य अनुरुप नारी बचत खाता अन्तर्गत महिलाहरुलाई ५ लाख सम्मको घातक रोग खर्च दिइरहेको छ।

महिलाहरुमा हुन सक्ने पाठेघर क्यान्सर, स्तन क्यान्सर, मुटु रोग सहितका १८ घातक रोगहरु यस योजनामा समेटिएको छ।

साथै बैंकले महिलाहरुलाई प्रसुति खर्च स्वरुप रु.१० हजारसम्म र अस्पताल भर्ना र इएम् खर्च गरी रु १ लाखसम्म बीमा बापतको रकम समेत दिँदै आएको छ।

1

Scroll to Top