Banijya News

राष्ट्रिय वाणिज्य बैंकमा विदेशबाट आफै निशुल्क पैसा पठाउन सकिने

1
1.1K Shares

उत्कृष्ठ बैंकिङ्ग सेवा प्रवाह गर्दै आइरहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्ना ४० लाख भन्दा बढी ग्राहकलाई डिजिटल बैंकिङ्ग मार्फत नयाँ नयाँ सुविधाहरु दिदै आइरहेको छ । र्बैंकले आफ्नो वेवसाइट, मोवाईल बैंकिङ्ग (डिजिटल संसार) तथा ईन्टरनेट बैंकिङ्गको पोर्टलमा रहेको आरविवि रिक्वयष्ट रेमिटबाटबाट सजिलै अमेरिका, अष्ट्रेलिया, युरोप, गल्फ लगायत विश्वको जुनसुकै देशमा बस्ने व्यक्तिले एक क्लिकमा नेपालमा रेमिट्यान्स पठाउन सकिने भएको छ ।
विश्वको जुनसुकै देशमा रहेका व्यक्तिले आफ्नो क्रेडिट कार्ड, डेबिट कार्ड, बैंक डिपोजिट, अनलाइन बैंकिङ्ग र ट्रान्सफर प्रयोग गरी बैंकको आरविवि रिक्वयष्ट रेमिट मार्फत पोेर्टलको रेण्ड रेमिट मार्फत रकम पठाउन सक्नेछन् । साथै, नेपालमा बस्ने व्यक्तिले पनि विदेशमा बस्ने आफन्तलाई रकमका लागि यो पोर्टल मार्फत अनुरोध गर्न सक्नेछन् । यसरी रकम पठाउँदा ग्राहकलाई कुनै पनि शुल्क लाग्ने छैन भने रेमिट्यान्स पठाएको केही मिनेटमै नेपालमा रहेको कुनै पनि बैंक खातामा (ग्राहकले भरेको) रकम डिपोजिट हुनेछ । ग्राहकले विनिमय सटही दर पनि हेर्न सक्नेछन् ।

राष्ट्रिय वाणिज्य बैंक र ललित मनि ट्रान्सफरको सहकार्यमा यस्तो सुविधाको व्यबस्था भएको हो । यस कार्यकालागि ललित मनि ट्रान्सफरको विदेशी साझेदारी अनलिमिटेड रेमिटसँग रहेको छ । ग्राहकहरुले सुरक्षीत रुपमा बैंकको वेवसाइट (www.rbb.com.np), मोवाईल बैंकिङ्ग (डिजिटल संसार), तथा ईन्टरनेट बैंकिङ्गको पोर्टल https://smartbanking.rbb.com.np  वा सोझै  https://www.rbb.com.np/content/rbb-request-remit   माध्यमबाट बिना झन्झट एकै क्लिक गरी घरमै बसेर पठाउने र पाउने दुवैले रेमिटान्स सुविधाको उपयोग गर्न सक्नेछन् । न त बैंक नै जानुपर्ने न त अन्यत्रै धाउनुपर्ने । आफ्नो भनेको आफ्नै हुन्छ । माया गर्ने आफ्नैले त हो नी । तपाईँको आफ्नै बैंक राष्ट्रिय वाणिज्य बैंक ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग कारोवार गर्दे आएको छ ।

1

Scroll to Top