Banijya News

माछापुच्छ्रे बैंकले १ करोड बढी संस्थापक सेयर बेच्दै

1
1.1K Shares

माछापुच्छ्रे बैंकका १ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेका छन्। ंस्थापक सुरेन्द्र महतोले आफ्नो नाममा रहेको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता सेयर बिक्रीमा ल्याएका हुन्। यसमा माछापुच्छ्रेकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन्।

सेयर खरिद गर्न इच्छुक संस्थापकले असोज २५ गतेबाट ३५ दिनभित्र माछापुच्छ्रे बैंकको प्रधान कार्यालय पुतलीसडक काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

1

Scroll to Top