प्रहरी कार्यालयबाट घर फर्किएर सहकारीका एक पूर्व कोषाध्यक्षले गरे आत्महत्या गरेका छन् । दोलखाको मेलुङ गाउँपालिका–१ पवटीस्थित हाम्रो सुर्याेदय बचत तथा ऋण सहकारी संस्थाका पूर्व कोषाध्यक्ष कपिलमणी न्यौपानेले यसरी प्रहरी कार्यालयबाट फर्किएर आत्महत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय झिकाइएका न्यौपाने विहीबार मात्र्र घर फर्किएका थिए । त्यसलगत्तै विहान लामो स्टाटस लेख्दै न्यौपानेले आत्महत्या गरेका हुन् । उनी पवटीस्थित पुर्खाेली घरमा मृत अवस्थामा फेला परेका हुन् । मेलुङ–१ पवटी स्थायी घर भएका न्यौपानेले शुक्रवार विहान आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका हुन् । आत्महत्या गर्नुअघि उनले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै सहकारी चोरीको घटनामा आफुलाई फसाउन खोजिएको बताएका छन् । उनले सहकारी चोरीको घटनामा आफ्नो संलग्नता नरहेको दावी गर्दै कुनै पनि सामाजिक अपराध नगरेको दावी गरेका छन् ।
गत गत गत माघ १५ गते सुर्याेदय सहकारी संस्थाको कार्यालयमा रहेको भल्टबाट ३२ लाख ८५ रुपैंया चोरी भएको थियो । सहकारीको कार्यालय न्यौपानेको घरमा राखिएको थियो । चोरीको घटनापछि प्रहरीले सहकारी व्यवस्थापक महेन्द्र भुजेल र पूर्व कोषाध्यक्ष न्यौपानेलाई नियन्त्रणमा लिएर सोधपुछ गरी रिहा गर्दे आएको छ । उनीहरुलाई दोलखा प्रहरीले पटक–पटक नियन्त्रणमा लिएर सोधपुछ गर्ने गरेको थियो । विहीवार पनि सोही कारण उनी प्रहरीलाई स्पष्टिकरण गरेर घर फर्किएका थिए ।
न्यौपानेले सामाजिक सञ्जालमा लेखेको स्टाटसमा सहकारी चोरी घटनामा सञ्चालक र कर्मचारीको मिलेमतो रहेको भन्दै केही व्यक्तिहरुको नाम समेत उल्लेख गरेका छन् । सो चोरीको घटना राम्रोसँग छाविन गर्नुपर्ने उनको भनाई छ । न्यौपानेले सहकारीबाट आफुले लिएको ऋणको विवरण पनि उल्लेख गरेका छन् । न्यौपाने नेकपा एमाले दोलखा स्थानिय नेता पनि हुन् । उनी हालैमात्र जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सदस्यमा निर्वाचित भएको एमालेका नेता बताउँछन् ।


