Banijya News

शाइन रेसुङ्गा बैंकले बुधबारदेखि ऋणपत्र निष्कासन गर्ने

1
1.1K Shares

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले भोलि असार ३२ गते बुधबारदेखि ‘शाइन रेसुङ्गा डिबेञ्चर’ निष्कासन गर्ने भएको छ । बैंकले १० वर्ष अवधि र वार्षिक ८ प्रतिशत ब्याजदर भएको ऋणपत्र निष्कासन गर्न लागेको हो ।

बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले जम्मा १० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ। सोमध्ये ६ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ। बाँकी रहेको ४ लाख कित्ता ऋणपत्रमध्ये २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई बाँडफाँड गरी अन्त्यमा ३ लाख ८० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

यस ऋणपत्रमा कम्तीमा २५ कित्ताका लागि आवेदन दिनु पर्नेछ भने बढीमा ५ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ। निष्कासन बन्द छिटोमा साउन ४ गते हुनेछ तर उक्त अवधिसम्म पर्याप्त आवेदन नपरेमा साउन १४ गतेसम्म लम्बिनेछ।

ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

1

Scroll to Top