राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छद्ध । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप तानिरहेको छ । निक्षेप सङ्कलन उपकरणको माध्यमबाट बैंकले ४२ दिने निक्षेप सङ्कलन गर्न लागेको हो।
अनलाइन बिडिङ सिस्टममार्फत दिउँसो ३ बजे बोलकबोल हुने निक्षेप सङ्कलन आजै खरिद गरिने केन्द्रीय बैंकले जनाएको छ । इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।
निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी भदौ १५ गते हुनेछ । केन्द्रीय बैंकले साउन लागेपछि यो पहिलो पटक तरलता प्रशोचन गर्न लागेको हो।


