Banijya News

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्योः ठेक्का सम्झौतामा हस्ताक्षर

1
1.3K Shares

डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढेको छ । प्रवर्द्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएसँगै कर्णाली प्रदेशको आर्थिक विकास र समृद्धिका लागि महत्त्वपूर्ण मानिएको आयोजनाले अब थप गति लिने भएको छ ।

कुल १०६ मेगावाट क्षमताको आयोजना निर्माणका लागि निर्माण व्यवसायीसँग सम्झौता भएको जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिए ।

उनले जगदुल्ला हाइड्रोपावर र जेसीईरएएनके जेभीबीच निर्माणसम्बन्धी सम्झौता भएको बताए । प्रवर्द्धक कम्पनी र जेसीईरएएनके जेभीबीच १२ अर्ब १८ करोड रुपैयाँ बराबरको निर्माण सम्झौता भएको छ ।

प्रवर्द्धक कम्पनीले २०८१ जेठ २० गते सिभिल / हाइड्रोमेकानिकल संरचना निर्माणको बोलपत्रको सूचना प्रकाशित गरेको थियो । सम्भौताअनुसार नबिल बैंकले चार अर्ब ४० करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

यस्तै, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल), कर्मचारी सञ्चयकोष, लक्ष्मी सनराइज र एभरेष्ट बैंकले लगानी गर्ने छन् ।

आयोजनामा एचआईडीसीएल र कर्मचारी सञ्चय कोषले समान चाररचार अर्ब रुपैयाँ लगानी गर्ने छन् । यस्तै, लक्ष्मी सनराइज बैंकले दुई अर्ब रुपैयाँ र एभरेष्ट बैंकले एक अर्ब ५० करोड रुपैयाँ बराबर लगानी गर्नेछ ।

यो आयोजना निर्माणका लागि २३ अर्ब रुपैयाँ बराबर लाग्ने अनुमान छ । त्यसमध्ये १६ अर्ब रुपैयाँ ऋण र सात अर्ब रुपैयाँ भने स्वपूँजीबाट जुटाइएको प्रमुख कार्यकारी अधिकृत सापकोटाले जानकारी दिनुभयो । निर्माण शुरू भएको पाँच वर्षमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ l

1

Scroll to Top