Banijya News

शतप्रतिशत हकप्रद जारी गर्दै शिवश्री हाइड्रोपावर

1
1.1K Shares

शिवश्री हाइड्रोपावरले भदौ १९ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत साउन १६ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, साउन १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् । हकप्रदमा आवेदन दिने अन्तिम मिति असोज८ गते निर्धारण गरिएको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक सिटिजन्स क्यपिटलका साथै सिटिजन्स बैंकको कुमारीपाटी, ठिमी, विराटनगर, बिर्तामोड, विरगञ्ज,सुर्खेत, जनकपुर नारायणगढ,धनगढी, पोखरा(न्यूरोड),बुटवल र हेटौडा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यस्तै नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’ बाट समेत आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत साउन ४ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।

1

Scroll to Top