Banijya News

खानीखोला हाइड्रोपावरको हकप्रद सेयर निष्कासन सुरु

1
1.4K Shares

खानीखोला हाइड्रोपावरले आजदेखि हकप्रद सेयरको बिक्री खुला गरेको छ। कम्पनीले शतप्रतिशत अर्थात् १:१ अनुपातमा प्रति कित्ता रु.१०० अंकित मूल्यका ४६ लाख ५७ हजार १४३ कित्ता सेयर जारी गरेको हो। यो हकप्रद कम्पनीको हालको चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँ बराबर रहेको छ।

कम्पनीले हकप्रद निष्कासनका लागि गत असार २७ गते एक दिनका लागि बुक क्लोज गरेको थियो। यसैले, असार २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरू मात्रै यो हकप्रद खरिद गर्न योग्य हुनेछन्।

हकप्रद सेयरमा आवेदन दिने अन्तिम मिति भदौ २३ गते तोकिएको छ। लगानीकर्ताहरूले हकप्रद सेयरका लागि सिटिजन्स क्यापिटल लिमिटेड, सिटिजन्स बैंकका तोकिएका शाखा कार्यालयहरू, कुमारी बैंकको बागमती शाखा (ललितपुर), तथा नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ मार्फत पनि आवेदन दिन सक्नेछन्। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत असार १० गते हकप्रदका लागि स्वीकृति प्राप्त गरेको थियो।

1

Scroll to Top