Banijya News

सागर डिष्टिलरीको आईपीओ बाँडफाँट

1
1.2K Shares

सागर डिष्टिलरी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले सर्वसाधारणमा जारी हुने शेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ४५ हजार २०० कित्ता आईपीओ निष्कासन गरी बाँडफाँट गरेको हो ।

साउन २८ गतेदेखि भदौ १ गतेसम्म निष्कासन गरिएकोमा रितपूर्वक आवेदन दिएका १४ हजार ५२० जना आवेदकहरुमा १० कित्ताका दरले भदौ ६ गते आईपीओ बाँडफाँट गरिएको जानकारी कम्पनीले दिएको हो । यस कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुने आउने १४ लाख ५२ हजार कित्ता आईपीओ सर्वसाधारणा निष्कासन गर्न अनुमति पाएको हो ।

१० प्रतिशत शेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्कासन तथा बाँडफाँटपछि अब कम्पनीले दोस्रो चरणमा थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

1

Scroll to Top