Banijya News

हाइड्रो होल्डिंसले ठूला परियोजनामा लगानी बढाउने

1
1.2K Shares

हाइड्रो होल्डिंस् कम्पनीले अब ठूला परियोजनामा लगानी बढाउने भएको छ । कम्पनीले बाजुरा जिल्लामा माथिल्लो बुढिगंगा–२ जलविद्युत आयोजना २३ मे.वा. र कालिकोट जिल्लामा जनटाडा जलविद्युत आयोजना ६.८ मेगावाटको जलविद्युत परियोजनालाई तीव्र गतिमा निर्माण गर्नेछ । यस कम्पनीले विभिन्न जलविद्युत परियोजनामा लगानी गरी रहेको छ । कम्पनीले आव २०८१/८२ मा माथिल्लो म्याग्दी जलविद्युत आयोजना–३७ मेगावाटमा समेत थप लगानी गरेको छ ।

गत आर्थिक वर्षमा कम्पनीले सञ्चालन आम्दानी ६ करोड २६ लाख गरेको थियो । यसै वर्ष नेपाल सरकारलाई ७९ लाख भन्दा बढी विभिन्न शीर्षकमा राजश्व भुक्तानी गरी योगदान पुर्‍याउनुका साथै ठूलो संख्यामा स्थानीयहरुलाई रोजगारी समेत प्रदान गरेको अध्यक्ष खड्काले जानकारी दिएका छन् ।

1

Scroll to Top