Banijya News

आन्दोलनपछि अर्थ मन्त्रालयमा रङरोगन सुरु

1
1.1K Shares

भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा क्षति पुगेको अर्थ मन्त्रालयमा मर्मत तथा रङरोगनको काम सुरु भएको छ। आन्दोलनका बेला सिंहदरबारभित्र रहेका अर्थ मन्त्रालयसहित गृह, ऊर्जा, शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्रालयलगायतका अन्य सरकारी कार्यालयहरूमा पनि तोडफोड र आगजनी भएको थियो।

क्षतिग्रस्त भवनहरूको सरसफाइ, रङरोगन र सामान्य मर्मतको काम अहिले तीव्र गतिमा भइरहेको छ। आन्दोलनले पुर्‍याएको भौतिक क्षतिको मूल्यांकन गर्ने काम पनि जारी रहेको र त्यसैअनुसार मर्मतसम्भार अगाडि बढाइएको सम्बन्धित निकायहरूले जनाएका छन्।

विशेष गरी, देशकै प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्र भएको यो क्षतिले सरकारी कामकाजमा केही असर परेको थियो। यद्यपि, पुनर्निर्माण र सरसफाइको काम सुरु भएसँगै सरकारी सेवाहरू सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको छ।

1

Scroll to Top