Banijya News

युलेन्स स्कुल जल्दा एक अर्व २५ करोड बराबरको क्षति

1
1.2K Shares

युलेन्स एजुकेशन फाउण्डेसनले जेनजी आन्दोलनका क्रममा आगजनी र लुटपाट हुँदा एक अर्व २५ करोड बराबरको क्षति पुगेको जनाएको छ। युलेन्स एजुकेशन फाउण्डेशनले आज सार्वजनिक वक्तव्य जारी गर्दै क्षति विवरण सार्वजनिक गरेको हो।

युलेन्स एजुकेशन फाउण्डेसनका अनुसार खुमलटारस्थित विद्यालयका ५ वटा भवनमा, बाँसबारीस्थित विद्यालयका ३ वटा भवनमा र काभ्रेको नालास्थित विद्यालयको आउटडोर लर्निङ सेन्टरमा जघन्य र आपराधिक तवरमा तोडफोड, लुटपाट र आगजनी गरेर ध्वस्त बनाउँदा युलेन्सका विद्यालयहरू, युलेन्स कलेज, युलेन्स सेन्टर फर एजुकेटर डेवलपमेन्ट जस्ता सारा संस्था र संरचनाहरू पूर्ण रुपमा शून्यमा पुऱ्याउने काम भएका छन्।

आगजनीबाट विद्यालयका ८३ वटा गाडीलाई ध्वस्त बनाइयो। विद्यालयका सबै एसी, कम्प्युटर, फ्रिज, स्मार्ट बोर्ड, फर्निचर या त जलाइएका छन् या लुटिएका छन्। विद्यार्थीका सबै घटनावृत्त तथा सञ्चित अभिलेखलाई पूर्ण रुपमा खरानी बनेका छन्।

1

Scroll to Top